विराटचाेक —मोरङ सुन्दरहरैंचा १० बिराटचोकमा रहेको हिमालय इङलिस स्कुलले  दिक्षान्त समारोह तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

 शनिबार विभिन्न कार्यक्रम गरी स्कुलले  दिक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम गरेको हो ।  

छाेटाे समयमा विद्यार्थीकाे राेजाईमा पर्दै गएको स्कुलले आफ्नै  प्राङ्गणमामा आयाेजित कार्यक्रममा पूर्व प्रथमिक तह उत्तीर्ण  र प्राथमिक तह उत्तीर्ण गरी माथिल्लो कक्षामा  जाने विद्यार्थीलाई दीक्षित गरेको छ भने  गत वार्षिक परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ । 

बालबालिकाकाे शैक्षिक गतिविधिलाई थप बढवा दिँदै उनीहरूलाइ थप हाैसला प्रदान गर्न कार्यक्रम गरिएको  स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले बताए । 

अभिभावकहरुको समेत उल्लेख्य उपस्थिति रहेको दिक्षान्त समारोह तथा पुरस्कार बितरण कार्यक्रममा विद्यार्थीहरुले स्पीच, गायन, नृत्य  लगायत विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।IMG_20240504_180915

 स्कुलमा धेरै अतिरिक्त क्रियाकलापसंगै खेलकुद, चित्रकला, गायन नृत्य, हस्त लेखन जस्ता कार्यक्रम भईरहेकाे र  विद्यार्थीका रुचि अनुसारका अन्य कार्यक्रम  थप्दै लैजाने प्रिन्सिपल खनालले बताए ।

 सुन्दरहरैंचा नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १२ का वडाध्यक्ष रोशन ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एन प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष खगेन्द्र धिमाल, सुन्दरहरैंचा नगरपालिकाको शिक्षा शाखा प्रमुख लीलादेवी ओझा, बेलबारी बहुमुखी क्याम्पसका प्राध्यापक गोपाल सुवेदी, आधारभूत स्वास्थ्य केन्द्र सुन्दरहरैंचा १० का प्रमुख बिक्रम सिलवाल, हस्तलेखन प्रशिक्षक नुतन ज्ञवाली लगायत अभिभावक तथा संचारकर्मीहरुको पनि उपस्थिति थियो ।