काठमाडौ । विवाहपछि सामान्यतया हरेक मानिस तना*वमा रहने गर्दछ । फाजिल्का जिल्लाको सजराणा पशु आरएमपी डाक्टरले जीवन त्याग गरेका छन् । उनकी श्रीमतीले दिएको तनावका कारण उनले ३ वर्षको एक सन्तानसहित नदीमा हाम फालेर ज्यान दिएका हुन् ।
खुईखेड़ा प्रहरी चौकीले पत्नी सहित ५ जना विरुद्ध मुद्धा दायर गरेको छ । जीवन त्याग गर्ने २७ वर्षीय छिन्दर पाल रहेका छन् । उनी माछीराम लाहोरिया नगर गाउँ सजरानाका भएको जानकारी दिइएको छ । मृतकका भाई रेशम सिंहका अनुसार छिंदरपालको विवाह आज भन्दा ५ वर्ष पहिले पूर्व कर्णपुर (राजस्थान) निवासी राजपाल सिंहसँग भएको थियो । विवाहपछि उनीहरुका दुई सन्तान भए ३ वर्षका छोरा र २ वर्षकी छोरी ।
भाइका अनुसार उनीहरु लामो समयदेखि झगडा गर्दै आइरहेका थिए । उनीहरुले गाउँमा भेला जम्मा गरेर मेलमिलाप पनि गर्दै आएका थिए । धेरै जसो उनकी पत्नी झगडा गरेर माइत जाने गरेको उनका भाई रेशमले जानकारी दिएका छन् । महिलाका हजुरआमार र हजुरबुवा तथा मामाद्धारा छिंदरपाल लगातार प्रहरीमा मु*द्धा दायर गर्छौ भन्दै धम्की आउँने गरेको पनि खुल्न आएको छ ।
यस विषयले दुःखी हुँदै आएका उनले आफ्नो ३ वर्षीय छोरा अनमोलसँगै डोरीले बाँधेर गंगा केनालमा हाम फालेर जीवन त्याग गरेका हुन । लामो समय घरमा छिमेकमा खोज्दा पनि पत्ता नलागेपछि परिवार तना*वमा थियो । अनुसन्धान पश्चात उनले शुक्रबार दिउँसो २ बजे तिर नदीमा हाम फालेको खुल्न आएको छ ।
शनिवार बिहान लगभग ५ बजे छिन्दरपाल सिंह र उनका छोराको शव नदी किनारमा फेला परेको छ । रेशम सिंहका अनुसार मृतकको घरमा एक जीवन त्याग नोट फेला परेको छ । यसमा उनले आफ्नी श्रीमती र ससुराली पक्षले दिएको तनावलाई कम गर्नको लागि जीवन त्याग गरेको भनिएको छ ।
उनको मृत्युको कारण उनी पत्नी र उनको ससुराली पक्ष भएको भनिएको छ । दुई जनाको शवलाई पोस्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको छ । प्रहरीले भाई रेशमको बयानका आधारमा पत्नी राजपाल, ससुरा महेन्द्र सिंह, सासु परमजीत कौर, हजुरआमा सास महिंदरो बाई र मामा ससुरा जगदीश कुमारका विरुद्ध मद्धा चलाएको छ । उनीहरुका विरुद्ध धारा ३०६, ५०६ का आधारमा मुद्धा दायर गरिएको छ । घटनाको बारेमा प्रहरीले आवश्यक थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । News Source


