धरान । छ महिनादेखि मृत्युसंग लडिरहेका निर्माण मजदुर रामकुमार राईको थप उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएकोछ । करेन्ट लागेर बहोस अवस्थामा रहेका घाइतिे राईको सहायेगका लागि मजदुर नेता भीमज्वाला राईको पहलमा संकलित रकम पीडित परिवारलाई कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले प्रदान गर्नुभएको हो । 

धरान २० बाघखोपका ३५ वर्षिय राईको उपचारका लागि बुधबार राईकै निवासमा पुगेर नगद २१ हजार सहयोग गरिएको हो । ६ महिनादेखि बेहोस अवस्थामा रहेका राईका बुवा दानबहादुर राईलाई राहत हस्तान्तरण गरिएको हो । 

विगत पाँच वर्षदेखि घर निर्माणको काममा रहेका राईलाई धरान १५ स्थित जितबहादुर लिम्बूको घर निर्माणमा ठेकेदार मार्फत काम गरिरहेकै अवस्थामा गत मंसिर ५ गते करेन्ट लागेको थियो । 

करेन्ट लागेर ढलेका राई सोही समयदेखि अचेत छन् । ढलेपछि सहकर्मीहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । लामो उपचारपछि पनि होस नफर्किएपछि चिकित्सककै सल्लाहमा घर ल्याइएको बुवा दानबहादुर राईले बताउँनुभयो । चिकित्सकले विस्तारै होस फर्किन्छ भन्नु भएकोछ ६ महिना हुनै लाग्यो अहिलेसम्म होस आएको छैन तर, हामीले आशा मारेकाछैनौं । राईले बताउनुभयो । 

fa232f01-3836-4db1-92ad-c7a1b0ac4708हालसम्म करिव १० लाख खर्च भइसकेकोछ । घरधनीले ५० हजार सहयोग गर्नुभएकोछ, ठेकेदारले करिव ८ लाख जति खर्च गर्नुभएको छ बाँकी आफैले जुटाइरहेकाछौं थप उपचारका लागि आर्थिक अभाव झेलीरहेको विरामीका बुवाले बताउनुभयो । 

रामकुमार राईको दर्दनाक अवस्था देखेर प्रदेश सांसद विजयकुमार राईले चासो राख्नु भएपछि सहयोगीहरुसंग अनुरोध गरेर रकम जुटाइएको जिफन्ट राष्ट्रिय कमिटी सदस्य नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष मजदुर नेता भीमज्वाला राईले बताउनुभयो । 

मजदुर नेता ज्वालाको पहलमा ह्याप्पी नेपाल इम्प्लोयमेन्टका संचालक दिपक दुमीको तर्फबाट १० हजार, नेकपा एमाले सुनसरी जिल्ला सदस्य तिलक राईबाट २ हजार, युवा समाजसेवी पोष्टराज राईबाट २ हजार, अधिवक्ता मौसम राईबाट १ हजार, पत्रकार विकास चाम्लिङाट १ हजार, मजदुर नेताहरु भीमज्वाला राईबाट १ हजार, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनबाट १ हजार, युवा व्यवसायी सन्तोष बस्नेतबाट १ हजार गरि २१ हजार प्रदान गरिएको हो । 

राइको थप उपचारका लागि सहयोग समिति निर्माण गरेर सहयोग जुटाइने नेकपा (एमाले) धरान उपमहानगर अध्यक्ष हर्कजंङ्ग एभेङले बताउनुभयो ।