विराटचोक — माेरङकाे सुन्दरहरैँचा नगरपालिका– १० मा रहेकाे द राइजिङ्ग इंग्लिस बोर्डिङ स्कुलमा शुक्रबार दिउशो एउटा दृष्य देखियो । जहाँ नेपालमा हुने कुनै निर्वाचन भइरहेको जस्तो थियो । तर, त्यहाँ मतदानमा भागलिने मतदाता नेपालको कानुन अनुशार मतदान गर्ने उमेर पुगेका मतदाता थिएन ।
यस्तो दृश्य देख्दा नौलो कुरा हुनु स्वाभाविक नै हो । निर्वाचनबाट हामिले जनप्रतिनिधि चुन्छौ । निर्वाचनका लागि विभिन्न तयारीहरु पुरा गर्छौ । नियमहरु पालना गर्छौ । ठ्याक्कै त्यस्तै नियमहरु पालना गर्दै स्कुलले विद्यार्थीहरुबीच स्कूल क्याप्टेन,भाइस क्याप्टेनको निर्वाचन गराएको रहेछ ।
१० कक्षामा अध्यन गर्ने र त्यो भन्दा मुनिका विद्यार्थीहरुलाई स्कुलले लोकतन्त्रको अभ्यास गराउदै निर्वाचन प्रक्रियाको बारेमा जानकारी र त्यसको अभ्यास गराउनु धेरै राम्रो हो । यस पहलले विद्यार्थीहरूलाई सशक्तिकरण मात्र गर्दैन तर राष्ट्रिय र स्थानीय निर्वाचनमा देखिएका लोकतान्त्रिक प्रक्रियाहरूलाई पनि समानान्तर बनाउँछ भन्ने स्कुलले संदेश पनि दिएको छ।
मनपराएकाे उमेदवारलाई भाेट दिएर विद्यार्थीले पनि आफ्नो क्याप्टेन र भाइस क्याप्टेन छनाेट गरेका थिए । ६ सय विद्यार्थीका साथमा कक्षा १० सम्म पढाइ हुने विद्यालयले मतदान गरेर क्याप्टन चुनेको थियाे । उक्त निर्वाचनबाट छात्र तर्फबाट स्कूल कप्तान रोहित बास्तोला र उपकप्तानमा नवराज गजुरेल निर्वाचित भएका छन् । छात्रा तर्फ़बाट उपकप्तानमा सोनु लिम्बू निर्वाचित भएकी छन् ।
निर्वाचनमा कप्तान पदमा छात्र तर्फबाट २ जनाले उम्मेदवारी दिएका थिए । भाइस क्याप्टेनमा छात्र तर्फनै ९ जनाले र भाइस क्याप्टेनमा छात्र तर्फबाट ४ जनाले उम्मेदवारी दिएको विद्यालयका प्रिन्सिपल गोपाल पाठकले जानकारी दिए । उक्त निर्वाचनमा कक्षा ७,८ र ९ का विद्यार्थीहरुलाई मतदान गर्ने व्यवस्था गरिएको विद्यालयका भाइस प्रिन्सिपल पर्शुराम गुरागाईंले जानकारी दिए ।


















