- भूमिप्रसाद पाठक
मूलतः छात्रा विद्यार्थी, विद्यालयमा गठित लैगिक फोकल पर्सन, प्रतिनिधिमूलक अभिभावक र विषयगत शिक्षकलगायत समाजमा उपलब्ध सरोकारवालामाझ नगरमा सम्पन्न कार्यक्रममार्फत सामुदायिक विद्यालयमा छात्रामैत्री पठनपाठनको लागि थप सुदृढ अवस्थाको खोजिनीति भएको छ ।
लिंगका आधारमा हुने अथवा गरिने हिंसा र यौनजन्य हिंसाको स्थानीय अवस्था पहिचान र प्रकृति निर्धारणको अध्ययनका लागि गरिएको कार्यक्रममार्फत नीति निर्माणमा यसविरुद्ध भूमिका खेल्न सकिने सामर्थ्यसहित संगठित आवाज उठाउने प्रयत्न गरिएको हो, हामी यसमा सफल भयौँ भन्ने मुद्दामा दृढ युवराज बास्कोटा– उहाँले नेतृत्व गर्नुभएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ र महिला फेडरेशन पथरी शनिश्चरे नगरकार्यसमितिको संयुक्त आयोजनमा सम्पन्न कार्यक्रम सम्पन्न भएसँगै बालिकामैत्री पठनपाठनको विद्यालयगत अवस्था अध्ययन विषयोपर नगरका तमाम सामुदायिक विद्यालयमा छात्रामैत्री पठनपाठनको लागि थप सुदृढ अवस्थाको खोजिनीति भएको हो ।
फेडरेशन नगर अध्यक्ष गोमा दाहाल निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री भागीरथा माविमा महिला प्रधानाध्यापकको भूमिकामासमेत रहनुभएकी जानकी चेम्जोङले नगरमा छात्रा विद्यार्थी र शिक्षकको विद्यालयगत उपस्थिति र अवस्थाबारे सचित्र कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
शिक्षक नेता एवम् प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, पदमप्रसाद सापकोटा, जानकी चेम्जोङ, डोमि शाह, कविता तिम्सिना भण्डारी, रिता धिमला, भूमिका मगरलगायत दर्जनौंको उल्लासमय उपस्थितिमाझ मानवअधिकारको क्षेत्रमा महिलाअधिकारकर्मीको रूपमा उभिनुभएको अधिवक्ता शोभा बजगाईंले सहजीकरण गर्नुभएको कार्यक्रममा नगरका १८ मध्ये १७ विद्यालयले सक्रियतापूर्वक भाग लिएका थिए ।
सामुदायिक विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तर मापनको क्षेत्रमा फड्को मारेको पथरी शनिश्चरे नगरपालिकामा छात्रामैत्री पठनपाठनको बारेमा खुल्ला बहस आरम्भ हुनुलाई सुखद् संयोग ठहराउनुहुँदै आउनुभएको जिल्ला समन्वय समितिको उपप्रमुख उषा झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरप्रमुख मोहनप्रसाद तुम्बापोले मानवकअधिकार र मूलतः यसअन्तर्गत महिला अधिकारमुखी कामको यस क्षेत्रमा प्रत्याभूति दिलाउन आफू साँच्चिकै दृढ र संकल्पकृत रहेको बताउनुहुँदै आफ्नो तहबाट हुने समस्याको नीतिगत समाधानका लागि बिना कुनै प्रवाह लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वोमन फण्डको सहयोगमा नगरको एकमात्र स्नातकोत्तर तहसम्म अध्ययन अनुसन्धान हुने पथरी बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममार्फत सहभागी सबैलाई गुरु ज्ञानेन्द्र अधिकारीले स्वागत सम्मान गर्नुभएको थियो भने कार्यक्रममार्फत अघि सारिएका योजनाहरूको उद्घोषण अधिकारकर्मी निर्मला चाम्लिङ राईले गर्नुभएको थियो ।


















