- भगवती अर्याल
विराटचोक - माेरङकाे सुन्दरहरैँचामा केही दिन अघि अन्तर नगरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगितामा आयोजक टिम सुन्दरहरैँचा नगरपालिकालाई जिताउन सफल भएपछि सुन्दरहरैँचा- ८ मा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलकी एक पुर्व विद्यार्थीको चर्चा चुलिएको छ ।
ब्राइटफ्युचर बोर्डिंङ स्कुलका विद्यार्थीहरुले शानदार खेल प्रस्तुत गर्दै नगरलाई जिताए । सो टिमलाई विजयी गराउन काठमाडौं पढन गएकी एक पुर्व विद्यार्थी माेरङ सुन्दरहरैँचा-९ की रिद्दिका राई घर आइन् र उनकै नेतृत्वले खेल जित्यो ।
बिक्रम सम्बत २०६३ सालमा साबिक इन्द्रपुर गाविस-८ मा बुवा रामबहादुर र आमा पन्चमाया राईकी माइली छोरीको रुपमा जन्मिएकी रिद्दिमा राईले ब्राइटफ्युचर स्कुलमा ८ कक्षा पढ्दा देखि नै भलिबल खेल्न सुरु गरेकी थिइन् । उनलाई ब्राइटफ्युचर स्कुल र स्कुलका खेल प्रशिक्षक एकराज पौडेलले सपोर्ट गरेको रिद्दिमा बताउँछिन । ब्राइट फ्युचर स्कुलबाटै प्यावासनको नगर र जिल्ला स्तरीयदेखि राष्ट्रपति रनिङ शिल्ड लगायत थुप्रै प्रतियोगिताहरुमा जित हासिल गरेको उनी समरण गर्छिन्।
ब्राइट फ्युचर स्कुलबाटै २०७९ मा एसइइ पास गरेपछि उनी खेलसँगै अध्ययनलाई अघि बढाउने उद्देश्यका साथ काठमाडौंको ग्रिनफिल्ड नेशनल कलेजमा भर्ना भइन् । त्यहाँ पुगेपछि वरिष्ठ भलिवल प्रशिक्षक कुमार राईबाट प्रशिक्षण लिने मौका पाइन् र त्यसपछि खेलमा थप प्रगती हुँदै गएपछि उनले न्यु ड़ाईमण्ड सपोर्ट क्लवबाट भलिवल खेल्ने मौका पाइन् । क्लव अनुवन्धित भएपछि मिडल ब्लकर, ओपन स्पाइकरमा खेल्न थालिन् ।
ओपन स्पाइकरमा बढी खेल्न रुचाउने उनी भोजपुरको आमचोकमा भएको खेलमा बेस्ट मिडल ब्लकरबाट पनि समानित भएकी थिइन् । देशको प्राय सबै प्रदेशमा पुगेर विभिन्न प्रतियोगिताहरुमा खेलीसकेकी उनले तीन दर्जन भन्दा बढि खेलबाट पुरस्कार हात पारेकी छन् ।
३० भन्दा बढी जिल्लामा पुगेर खेल खेलेको उनी बताउँछिन् । खेलमा मात्र हैन उनी पढाइमा पनि अब्बल छिन् । साइन्स विषयमा १२ कक्षाको परिक्षा दिएर बसेकी उनी अब बिस्सी नर्सिङ्ग अध्यनको तयारीमा रहेको बताउँछिन्। पढाइसंगै खेललाई निरन्तरता दिने र भलिवलबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा खेलेर आफ्नो गाउँ र देशको नाम चिनाउन इच्छा रहेको राई बताउँछिन ।
आफु जुन स्थानमा पुगेपनि आफ्नो ठाउँ र पढाई र खेल सुरुको सुरुको गरेको ब्राइटफ्युचर बोर्डिंग स्कुललाई कहिलै नविर्सिने उनी बताउँछिन् ।
रिद्दिका राई जस्तो प्रतिभावान खेलाडीलाई नेपालपूर्व मिडियाको तर्फबाट उज्वल भविश्यको हार्दिक शुभकामना ।




















