विराटचोक - मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा त्रिपक्षीय वेबिनार सम्पन्न भएको छ । बिहिबार सुकुना बहुमुखी क्याम्पसमा आसाम डाउन टाउन युनिभर्सिटी, भारत र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा  'कक्षाकोठामा कृत्रिम बुद्धिमत्ता कार्यान्वयनका लागि  वेबिनार सम्पन्न भएको हो । उक्त वेबिनारमा सुकुना बहुमुखी क्याम्पसको तर्फबाट वि.आई.सि.टी.ई. कार्यक्रमका फोकल पर्सन इन्जिनियर सन्तोष दाहाल, आसाम डाउन टाउन युनिभर्सिटी, भारतका तर्फबाट कम्प्युटर टेक्नोलोजी सङ्कायका डीन डा. उत्पल वर्मन र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको तर्फबाट IQAC Cell का डाइरेक्टर इन्जिनियर मो. साफेत हुसेनले आ-आफ्नो प्रस्तुति दिए ।

Untitled-4 (8)सुकुना बहुमुखी क्याम्पसका शिक्षक श्री उषाकिरण वाग्लेले सञ्चालन गर्नु भएको उक्त वेबिनारमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला विभागका निर्देशक नवराज कोइराला, शिक्षक तथा विद्यार्थीहरू सहित ५० जना, आसाम डाउन टाउन युनिभर्सिटी, भारतका तर्फबाट उक्त विश्वविद्यालयका उपकुलपति प्रा.डा. एन. सि. तालुकदार, विश्वविद्यालयका विशिष्ट प्राध्यापकहरू, अन्तर्राष्ट्रिय मामिला विभागका सहायक निर्देशक सत्यब्रत शर्मा लगायत विद्यार्थीहरू सहित ५० जना र युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेज, बङ्गलादेशको तर्फबाट उक्त विश्वविद्यालयका उपकुलपति प्रा. डा. अब्बु हसन भुइयाँ, IQAC Cell का डाइरेक्टर इन्जिनियर मो. साफेत हुसेन, प्राध्यापकहरू र विद्यार्थीसहित ५० जना गरी जम्मा १५० जनाको अनलाईन उपस्थितिमा उक्त वेबिनार सम्पन्न गरिएको थियो ।

WhatsApp Image 2024-05-16 at 18.11.28_4618bdb8

एक घण्टा ३०  मिनेट अवधिको सो वेबिनार युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड साइन्सेजका उपकुलपति प्रा. डा. अब्बु हसन भुइयाँको मन्तव्य पश्चात समापन गरिएको थियो । सुकुना बहुमुखी  क्याम्पसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला विभागको नेतृत्वमा आयोजित उक्त वेबिनार क्याम्पसले औपचारिक सम्बन्ध स्थापित गरेका विदेशी विश्वविद्यालयहरू सँगको सम्बन्धलाई मूर्त रुप दिन गरिएको पहिलो प्रयासका रुपमा लिइएको छ । यस कार्यक्रमबाट एक अर्का सँग भएको प्राविधिक ज्ञानको आदानप्रदान गरिएको  र भविश्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा गरिने जानकारी क्याम्पसका अधिकृत तथा क्याम्पसको राष्ट्रिय तथा अन्तराष्ट्रिय मामिला विभागका निर्देशक नवराज कोइरालाले दिए ।