विराटनगर - विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आइतबार राति विराटनगर महानगरपालिका–१९ खद्रा टोलका ३० वर्षीय राजु ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार घरमा बिजुलीको बल्ब लगाउने क्रममा राति ९ बजेतिर ऋषिदेवलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल पठाइयो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी बस्नेतले दिए । घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।