सुन्दरहरैँचा - मोरङको सुन्दरहरैँचामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञानबहादुर मगर रहेका छन् ।
मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




















