जनकपुरधाम — जनकपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरिएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विरोधमा स्थानीय युवाहरुले शनिबार साँझ भानुचोकमा उनीहरुको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दे,प्रेस स्वतन्त्रता हनन गर्न पाइँदैन भन्दै चर्को नाराबाजीसमेत गरेका थिए । उनीहरुले कान्तिपुरका अध्यक्ष सिरोहियालाई बिनासर्त तुरुन्त रिहा गर्न माग गरेका  थिए । 

प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको गरिएको । अध्यक्ष सिरोहियाको पक्राउको विरोधमा देशका विभिन्न जिल्लामा विरोध र प्रदर्शन भइरहेका छन् ।