सुन्दरवन र काकद्वीप क्षेत्रबाट १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । प्रदेश सरकारले प्रभावित क्षेत्रमा करिब ५ लाख ४० हजार तारपाल वितरण गरेको छ भने यी जिल्लामा सुख्खा रासन, धुलो दूध र खानेपानीका पाउच समेत वितरण गरिएको छ ।
बंगाल सरकारका एक वरिष्ठ अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार स्थितिको सामना गर्न, तटीय क्षेत्रमा राज्य विपद् व्यवस्थापन र एनडीआरएफको प्रत्येक १६ बटालियनहरू तैनाथ गरिएको छ।
सरकारले प्रभावित क्षेत्रमा करिब ५ लाख ४० हजार तारपाल वितरण गरेको छ भने यी जिल्लामा सुख्खा रासन, धुलो दूध र खानेपानीका पाउच समेत वितरण गरिएको छ । चक्रवाती आँधी रेमालको अवस्थालाई नजिकबाट नियाल्ने प्रदेश सचिवालयमा केन्द्रीकृत इकाई स्थापना गरिएको छ । आँधीको प्रभावका कारण तटीय क्षेत्रका साथै राजधानी कोलकातामा भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी दिघा, शंकरपुर र ताजपुरको तटीय क्षेत्रका पर्यटकहरूलाई सावधानीका रूपमा होटलहरू खाली गर्न र समुद्रमा नजान सल्लाह दिइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवाती आँधीका कारण प्रतिघण्टा ११०–१२० किलोमिटरको रफ्तारमा हावा चल्ने छ । तटीय क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । कोलकाताका मेयर फिरहाद हाकिमले चक्रवातको तयारीको आकलन गर्न दिउँसो अधिकारीहरूसँग बैठक बोलाए। उनले चक्रवातपछिको अवस्थासँग जुध्न करिब १५ हजार कर्मचारी परिचालन गरिएको बताए । कोलकाता पुलिसले पनि आफ्ना नागरिकहरूको लागि दुई हेल्पलाइन नम्बरहरू घोषणा गरेको छ।
बंगलादेशमा आएको आँधीका कारण आठ लाखभन्दा बढी मानिसलाई संवेदनशील क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । बंगलादेशको तटीय क्षेत्रमा खतरालाई मध्यनजर गर्दै रेड अलर्ट जारी गरिएको छ । यस अवधिमा तटीय क्षेत्रमा ८-१२ फिट अग्लो छाल उठ्न सक्ने र शक्तिशाली आँधी आउनेछ। चट्टोग्राम बन्दरगाह सञ्चालन बन्द गरिएको छ। त्यस्तै, चटगाउँ विमानस्थलको उडान पनि आठ घण्टाका लागि बन्द गरिएको छ ।




















