विराटचोक — कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वाधानमा संचालन भएको ७ कार्यदिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिम तथा अन्तरक्रिया कार्यक्रम समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना बिच सोमबार उक्त तालिमको समापन गरेका छन् ।
तालिमको समापन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सापकोटाले बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणिय पर्यटकिय स्थल रहेको कोशी प्रदेशमा पर्यटनको लागि सयौँको संख्यामा विदेशी तथा स्वदेशी पर्यटकको आवागमन हुने हुँदा आवश्यक सुरक्षा लगायत विविध दृष्टिकोणले सहजिकरणको लागि पर्यटक प्रहरी परिचालन गर्नुपर्ने आवश्यकताको महशुस गरी पर्यटक प्रहरी अनुशिक्षण तालिम संचालन गरिएको बताउँदै तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुले यस अनुशिक्षणमा सिकाईएका कुराहरुलाई कार्य क्षेत्रमा ब्यबहारमा लागु गरी त्रुटि रहि तवरले कार्य सम्पादन गर्न निर्देशन समेत दिए।
कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत ३१ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।



















