काठमाडौँ — कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सिरोहिया गत मंगलबारदेखि प्रहरीको हिरासतमा रहेका छन् । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन्।
गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर पुर्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उहाँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।



















