विराटचोक — मोरङको लेटाङको राजा–रानी पोखरीमा डुबेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ५९ वर्षीय भक्तबहादुर लिम्बू रहेका छन्।
राजारानीमा पानी जम्मा गर्नका लागि स्थानीय उपभोक्ताले वनभित्रको जमिनमा बनाएको पोखरीमा डुबेर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन ।
जंगली जनावरको सहजताका लागि स्थानीय उपभोक्ताले लेटाङ नगरपालिका–२ मा रहेको गारापानी सामुदायिक वनभित्र ४० फिट लम्बाइ, ३० फिट चौडाइको पोखरी बनाएका थिए । सो पोखरीमा नुहाउने क्रममा उनको आइतबार साँझ डुबेर मृत्यु भएको हो ।



















