झापा — झापाको हल्दिबारी गाउँपालिकामा आफनै नाबालिका छोरीलाई गर्भवती बनाएको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बिरामी भएर अस्पताल पुगेकी नाबालिका छोरीको अस्पतालमा चेकजाचको क्रममा उनी  गर्भवती भएको खुलासा भएको थियो ।

त्यसपछि उनले आफ्नै बाबुले  गर्भवती बनाएको बताएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बालिकामाथि लामो समयदेखि  यौन सम्पर्क गर्दै आएको बाबुले स्विकार गरेको प्रहरीले बताएको छ ।

उनलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।