काठमाडौं — अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।आज भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ताका लागि दूतावासमा बोलाएर फेरि भिसा दिन अस्वीकार गरेको हो ।

विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने राष्ट्रिय टोलीमा समावेश गराएको थियो ।

तर, अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि उनले टी–२० विश्वकपमा सहभागी हुन पाउने या नपाउने अन्योल बढेको छ ।