विराटचोक — मोरङको सुन्दरहरैंचा नगरपालिका- ४ स्थित अनुकुल टोलमा रहेको विनोद दाहालको घरको छानो बुधबार मध्य राती आएको हावाहुरीले उडाएको छ । घरको छानो उडाएपछि दाहाल परिवार बिचल्लीमा परेका छन् । हावाहुरीले टिनको छानो उडाएपछि उनी सग घरमा भएको खाधान्न लत्ताकपडा सबै भिजेर नष्ट भएको छ ।
रातको समयमा खुल्ला आकाश मुनि कसरी बस्ने भन्ने चिन्ताले सताएको पिडित दाहालले बताए । उनले अन्य कतै हावा नआएको एक्कासी भुमरी जस्तो आएको हावाहुरीले घरको टिनको छानो उडाएको बताए । करिब २ लाखको हाराहारीमा क्षती भएको उनले बताए ।
समस्यामा परेका दाहाल परिवारलाई वडा नं ४ का वडाध्यक्ष कैलाश बस्नेतले वडाले राहत सामाग्री उपलब्ध गराउने बताएका छन् । वडाले प्रहरीको सायोगमा मुचुल्का उठाउने कार्य भएको र वडाले क्षतिको स्टेटमेन्ट तयार पारी राहत सामाग्री समेत उपलब्ध गराउने वडाध्यक्ष बस्नेतले बताए ।
उक्त घटनाकोको बारेमा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईं र वडाध्यक्ष कैलाश बस्नेतले बिहिबार बिहान हावाहुरीले क्षती गरेको स्थानमा स्थलगत अनुगमन गरेका छन ।




















