इटहरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘ग्राउन्डेड’ गरेको छ । पाइलटद्वय विजय लामा र भावना पन्तलाई ग्राउन्डेड गर्दै ‘एक्टिभ ड्युटी’ बाट हटाएको जनाएको छ । दुवै नेपाल एयरलाइन्सका अनुभव प्राप्त पाइलट हुन् ।
प्राधिकरणबाट पत्र प्राप्त भएपछि नेपाल एयरलाइन्सले ग्राउन्डेड गरेको स्रोतले जानकारी दियो । नेपाल एयरलाइन्सले भन्यो, ‘प्राधिकरणबाट पत्र आएपछि यस्तो निर्णय भएको हो । सबै कुरा हामीलाई पनि थाहा छैन ।’ स्रोतले दिएको जानकारीअनुसार फोटोग्राफी सम्बन्धी नियम उल्लंघन गरेको आरोप उनीहरुमाथि छ ।



















