विराटचोक — सोमबार बेलुका ६ बजे मोरङको सुन्दरहरैँचाबाट ब्राउनसुगर सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका -६ का २६ वर्षीय कमल मगर रहेका छन् ।

मगरलाई  इलाका प्रहरी कार्यालय बेलबारीका नायव निरिक्षक रोहित थापा मगर र प्रहरी चौकी गछियाका  नायव निरिक्षकको    संयुक्त टोलिले पक्राउ गरेको हो ।

मगरले घरमा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी चौकी गछियाका नायव निरिक्षक बहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार मगरको साथबाट प्लास्टिकमा पोका पारेको ब्राउनसुगर जस्तो देखिने ४.३० ग्राम खैरो धुलो, स्पास्पेन ९२ ट्याब्लेट, ट्रमाडोल २१० क्याप्सुल, डेकोलिङ ८६ ट्याब्लेट, स्पास्मो ३५ ट्याब्लेट, Realme मोबाइल थान -१. स्टिलको थाल थान १. गाँजा काट्ने छिनो थान-१. गाँजा काट्‌ने काठको ओख्ली थान-१, र पर्स थान-१ सहित फेला परेको छ ।

लागुऔषध सहित पक्राउ परेका मगरको बारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक तेज दाहालबाट जानकारी भएको छ ।