बैतडी । बैतडीमा भिरबाट खसेर एक सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । शिवनाथ गाँउपालिका– ५ कफाडीकी ३४ वर्षीया बिन्दु चन्दको मंगलरबार बिहान घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो ।

स्थानीय कोट भिरबाट खसेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी उदयदेव आधारभूत स्वास्थ्य केन्द्रमा १३ वर्षदेखि स्वंयसेविकाको रुपमा कार्यरत थिइन् ।