विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका  -५ को हसिना सिमसारमा बाँसको मुढा बनाउने तालिम सुरु भएको छ । नमुना सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा शुक्रबारदेखि तालिम सुरु गरीएको हो ।

१० दिन सम्म चल्ने उक्त तालिम  व्यावसायिकतातर्फ अग्रसर हुने अपेक्षा गरिएको छ ।

तालिमपछि व्यवसाय सञ्चालन गर्न लगाउने र उनीहरूलाई पेसा तथा व्यवसायमार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम दिइएको उपभोक्ता समितका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए।

यो पनि - सुन्दरहरैँचामा अटिजम सम्बन्धी कार्यक्रम सम्पन्न`

कार्यक्रमा उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष जीवन प्रसाद ढुङ्गनाले नेपाल सरकारले बजेट बिनियोजन गरेर यस्ता खालको कार्यक्रम गर्नुपर्ने बताउदै राज्यको ध्यान दिनुपर्ने यस्ता खालका कामलाई नमुना सामुदायिक वनले संचालन गरेको भन्दै प्रशंसा गरेका थिए।  तालिमले बिपन्न वर्गको आयआर्जनमा टेवा पुग्ने भन्दै सिकेका सिपलाई व्यवहारमा उतार्न र उत्पादन भएका मुढालाई बजारीकरण गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने प्रतिबद्दता गरेको छ ।

यस्तै सोही कार्यक्रमा बोल्दै वडा अध्यक्ष गणेश चौधरीले नमुना वनले वनको संरक्षण मात्र नभई नमुना काम समेत गरेको बताए। गरिबी बिपन्न बर्ग जीवन उकास्न यो तालिमले टेवा पुग्ने बताए। साथै अगामी दिनमा वडाले पनि यस्ता सिपमुलक कार्यक्रम गर्ने बताए। स्थानीय ४० जना जनालाई दिइएको तालिममा प्रवीण राई प्रशिक्षक रहेका छन् ।

 कार्यक्रमा सिद्धार्थ सामुदायिक वनका अध्यक्ष प्रकाश राई, सुन्दर सामुदायिक वनका अध्यक्ष कमल अधिकारी ,हरियाली सामुदायिक वनका अध्यक्ष महेश राई लगायतको उपस्थिति रहेको थियो।