विराटचोक - मोरङको सुन्दरहरैँचामा अटिजम सम्बन्धी एक दिवसीय सचेतना तथा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । आमकास नेपाल मोरङको आयोजना र सिद्धार्थ माविको सहयोगमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सुन्दरहरैँचा- १० स्थित सिद्धार्थ सिद्धार्थ माविको हलमा  भएको  कार्यक्रममा नगर भित्र रहेका  विभिन्न  संघ/संस्थाका प्रतिनिधि साथै अटिजम भएका बालबालिकाहरूको अभिभावकहरुको सहभागिता रहेको आमकास नेपाल मोरङकी अध्यक्ष उमादेवी सेढाइले जानकारी दिइन । कार्यक्रममा प्रो अटिजम केयर सोसाइटीका अध्यक्ष निधिरत्न बास्तोला,बालरोग विशेज्ञ डा.सुमित् घिमिरे र  मिरा चुडालले प्रशिक्षण गरेका थिए ।

Untitled-6 (1)कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका-  १२ न. वडाका वडाध्यक्ष रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यता र कार्यपालिका सदस्य बविता खापुङ विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी सिद्धार्थ मावि व्यवस्थापन समितिकी अध्यक्ष निलम ढुङ्गाना,सुन्दरहरैँचा भजन संजालकी अध्यक्ष गीता लम्साल,सुन्दरहरैँचाकी मनोविमर्श कर्ता सुशीला सुवेदी पाठक लगायतको उपस्थिति रहेको थियो । 

आमकास नेपाल मोरङकी अध्यक्ष उमा सेढाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  सस्थाकी उपाध्यक्ष राधिका खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने  सचिव ईन्दिरा प्रसाईले संचालन गरेकी थिइन् ।