काठमाडाैं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका खच्चडको उद्धार गर्ने क्रममा २ वटा मरेका छन्।आइतबार बिहान पुलको लठ्ठा चुँडिएर फसेका खच्चडको पुलको तार काटेर उद्धार भइरहेको छ। 

‘अहिलेसम्म ८ वटा खच्चडको जीवितै उद्धार गरिएको छ। उद्धार गर्नेक्रममा २ वटा मरेका छन्,’ देलेखका प्रहरी प्रमुख डीएसपी सुनित दाहालले   भने, ‘बाँकी ३ वटा कच्चडलाई उद्धार गर्न बाँकी छ।’ 

सुरुमा टुचनले पुल सोझ्याउन खोज्दा पनि धेरै लोड भएका कारणले नसकिँदा पुलको तार काटेर नदीमा खसालेर उद्धार गरिएको हो।

उद्धारका लागि अछाम र दैलेखका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र स्थानीय तहका जनप्रतिनिधि सहित स्थानीय खटिएका छन्। पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको हो।