विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका- ५ न.वडाले बालबालिकाहरुलाई मंगलबार स्कुल ब्याग वितरण गरेको छ ।
स्थानीय अमरज्योती आधारभूत विद्यालयमा अध्यायनरत १ देखि ५ कक्षा सम्मका ६५ जना विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको हो ।
वडा भित्र रहेका विद्यालयमा साक्षरता अभियानलाई सहयोग पुग्ने उदेस्यले विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको वडाध्यक्ष गणेश चौधरीले जानकारी दिए ।


















