विराटनगर — नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका संचालक सुनिल शर्माका छोराले एमबीबीएस अध्ययनरत विद्यार्थी कुटपिट गरेको छन् ।

लागुऔषधको नशामा रहेका उनले विद्यार्थीसँग अनावश्यक निहुँ खोजेर कुटपिट गरेकाे आरोप छ । नोबेलका विद्यार्थीलाई बारम्बार यसरी कुटपिट हुँदै आएको छ । फुटबल खेलिरहेकाे बेला विद्यार्थीहरुसँग झगडा गरेका थिए । त्यसपछि उनले त्यहि निहुँमा कुटपिट गर्दा दुईजना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्र बस्नेतका अनुसार शर्माका छोरासहित अन्य दुई जनालाई नियन्त्रणमा लिइएकाे छ ।