मोरङ — कोशी प्रदेश सरकारको मन्त्री बन्दा जीवन आचार्य विरुद्ध माओवादीको एउटा कित्ता नै आवेशमा आएको थियो। तर अर्को समीकरणमा आचार्यले मन्त्री हुन त्यति नरुचाए पनि सांसदका रुपमा नै निर्वाचन क्षेत्र केन्द्रित राजनीतिलाई स्थापित गरिदिए।
छाटो समयमा नै राजनीतिमा पार्टीभन्दा पनि जनसेवामा सक्रियता देखाउँदा जनप्रिय बनिन्छ भन्ने पात्रका रुपमा आचार्यको उदय भयो। माओवादी केन्द्रका केन्द्रीय सदस्य आचार्य प्रदेश सभाको सांसद भए पनि प्रतिनिधि सभाको सदस्य शेखर कोइराला भन्दा प्रभावी काम गरिरहेका स्थानिय मतदाताहरु बताउछन ।
उनले आधा अर्ब भन्दा बढी बजेट मोरङ जिल्लाका विभिन्न पालिकाहरु,विराटनगर महानगरपालिका देखि बुढीगंगा गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका लगायतका क्षेत्रमा आचार्यले गरेको मेहेनत बजेटको रातो कितावमा आएपछि देखिएको छ ।
गिरीजाप्रसाद कोइरालामात्र होइन, वीपी कोइरालाको राजनीतिक विरासतमा कांग्रेसमा रजगज गरिरहेका शेखरको तुलनामा आचार्यले गरेका कामलाई बिरोध गर्नु औचित्यहिन हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ को बजेटमा कोइरालाको भन्दा आचार्यको पहलमा मोरङमा पर्याप्त बजेट विनियोजन गरी आफुलाई स्थापित राजनीतिज्ञको रुपमा परिचित गरेका छन् ।
सांसद जीवन आचार्यको पहलबाट ठूलो ३७ वटा रकम बजेट बिनियोजन यस प्रकार रहेका छन् ।
- मोरङ जिल्ला पूर्वाञ्चल विश्व विद्यालय, सुन्दरहरैचा न.पा. ८, गोठ गाउँमा ३०० बेड अस्पताल, मेडिकल साइन्स पूर्वाधार निर्माणका लागि १६ करोड ४१ लाख ।
- यसरी नै विराटनगर म.न.पा. चक्रपथ निर्माण (बुढीगंगा गोकुवा देखि बिराटनगर–जहदा–कटहरी–ग्रामथाम सम्म), ८ करोड, थारु संग्रहालयको भवन निर्माण बुढीगंगा गा.पा. २ मोरङ, ५० लाख, टंकी चौक सडकमा वाइपास – अमाही सडक स्तरोन्रती बुढीगंगा गा.पा. २ मोरङ , १ करोड ।
- खेल मैदान निर्माण बुढीगंगा गा.पा.६ मोरङ, २५ लाख, बुढीगंगा ढल निर्माण, बुढीगंगा गा.पा, मोरङ ५० लाख, टंकीसिनुवारी सहलगानी खानेपानी तथा सरसफाई आयोजना मोरङ, ३६ लाख, बुढीगंगा गा.पा. ६ ऐलानपुर झोलुङ्गे पुल, पूर्व मोरङ (सडक पुल) रु. ५० लाख ३० हजार रकम बिनियोजन ।
यस्तै, मदाहा खोला पक्की पुल, सुन्दरहरैचा न.पा. २ मोरङ (सडक पुल) ५० लाख, बृन्दावन गौशालामा नदी नियन्त्रण सुन्दरहरैचा न.पा. ५, मोरङ, १८ लाख, बिराटनगर म.न.पा. ४ अन्तर्गत बस्ता पैनी देखि इक्राही हुँदै केशलिया खोला सम्मको सडक स्तरोन्रतीका निम्ति १२ लाख, अमाही चोक पश्चिम तिताडी रामजानकी मंन्दिर सडक स्तरोन्रती १ करोड ।
- डंग्राहाको ग्रामस्थान कमलपुर जिम्दार टोल तिलाठी गुडगुडी सडक स्तरोन्रतीमा १ करोड, नेमुवा चौकबाट गाउँपालिका सडक निर्माणमा १ करोड, रामजानकी मंन्दिर हुँदै डंग्राहा, कमलपुर, आदिवासी चौक, मझुवा सडक स्तरोन्रतीका लागि १ करोड ।
- बुढीगंगा गा.पा. ३ र ४ को सीमान देखि मुढेरी सरदार टोल सडक निर्माणमा १ करोड, बुढीगंगा गा.पा. ७ बजरंगवलीदेखि खनार जाने कोशी नहर सडक स्तरोन्रतीमा निम्ति १ करोड, बुढीगंगा गा.पा. १ टंकीसिनवारी चोक देखि सशस्त्र क्याम्प जाने बाटो सडक निर्माणलाई १ करोड रकम ।
- विराटनगर म.न.पा. ४, त्रिलोक मार्गबाट शहीद मार्ग हदै बुढीगंगा गा.पा. २ स्वास्थ चोकीसम्म जाने सडक स्तरोन्रतीका लागि २ करोड २० लाख, रामजानकी मन्दिरदेखि दक्षिण नहरसम्म नाला निर्माण तथा बाटो कालो पत्रे बुढीगंगा गा.पा. ५ मोरङमा १ करोड, मोरङ जिल्ला बिराटनगर म.न.पा. ४ इक्राही चोकदेखि दक्षिण राममन्दिर हुँदै दंक्षिण यादव टोल सम्म दुवै तर्फ नाला सहित सडक स्तरोन्रती, ५० लाख, मोरङ जिल्ला विराटनगर म.न.पा. ४ राजबंशी टोल–सगरमाथा टोल – जोलाटोल रिङ रोड– अमाही जोड्ने सगरमाथा मार्ग सडक स्तरोन्रतीका निम्ति ५० लाख ।
यसै क्रममा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका कोइराला भन्दा पनि प्रभावी रुपमा आचार्यले बजेट रातो किताबमा पार्न उनको पहलकदमीले सफलता पाएको छ ।
त्यस्तै मोरङ जिल्ला सुन्दरहरैचा ५ नयाँ बृन्दावन गौशाला ज्येष्ठ नागरिक धर्मशाला निर्माणमा ३० लाख, गछिया खोला झोलुङ्गे पुल बृन्दावन गौशालाका निम्ति १० लाख, मोरङ जिल्ला बुढीगंगा गाउँपालिका वडा नं ३ स्थित गोकुवा नहरचोक पूर्व खद्रा सम्मको सडक स्तरोन्रतीका निम्ति ५० लाख बजेट।
- बाँसवारी चोक देखि मिलन चोक हुँदै टंकीसिनवारी जाने सडक निर्माणमा १ करोड, सुन्दरहरैचा न.पा. २, करैवना चोक, हरैचा बजार, चाँदनी चोक हुदै जाने सडक स्तरोन्रती, २ करोड २० लाख ५० हजार, नहरपथ कालो पत्रे बिराटनगर ४ मोरङका निम्ति ३० लाख, मोरङ जिल्ला बिराटनगर ४ इक्राई चोक देखि केशलिया पुल सम्मको सडक कालो पत्रे, १ करोड।
- बुढीगंगा गा.पा. २ मोरङ को बाईपास छेउ अमाही जाने बाटोमा मोटरेवल पुलका निम्ति ८५ लाख, मोरङ जिल्ला बिराटनगर म.न.पा– ४, खार्जी बिन्ध्यवासिनी पंचायन मन्दिर क्षेत्रमा पुर्वाधार निर्माणमा ५० लाख, गछिया–लोचनी–शेषनारायण दिव्यधाम सडक स्तरोन्रती सुन्दरहरैचा न.पा. ३, मा २ कारोड २० लाख ५० हजार, गछिया खानेपानी आयोजना ,सुन्दरहरैचा न.पाका निम्ति २० लाख।
- सुन्दरपुर खानेपानी आयोजना सुन्दरहरैचा न.पा. ५, मोरङ, रु. १७ लाख, स्कुलडाडा खानेपानि ट्यांकी टोल झोलुङगे पुल गछिया खोला सुन्दरहरैचा न.पा. ६ र ७ जोड्नका लागि १० लाख, मिर्गाैलिया खानेपानी तथा सरसफाई योजना सुन्दरहरैचा न.पा. २ का लागि १५ लाख, सुरक्षित नागरिक आवास कार्यक्रम :- मोरङ जिल्ला क्षेत्र नं. ६ अन्तर्गत सुन्दरहरैंचा न.पा.वडा नं. २,३,४,५,६,७ मा– ३२९ वटा घरका निम्ति ११ लाख २८ हजार ।
आचार्य चुनावी राजनीतिमा आएको १० बर्षमा नै यति प्रभावी बनेको देखेपछि कोइराला बिरासतको मोरङको राजनीतिमा निक्कै असर गर्ने स्पष्ट छ।



















