काठमाडौं — गृह मन्त्रालयले जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेलगत्तै मन्त्रालयको पहिलो निर्णयका रूपमा शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने घोषणा गरेका हुन्।

मन्त्री अर्यालले आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख रुपैयाँ उपलब्ध गराउने र मृतकको शव घर ठेगानासम्म पुर्‍याउने व्यवस्था गर्ने निर्णय भएको बताए।

पदभार ग्रहणका क्रममा गृहमन्त्री अर्याललाई गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए।