विराटचोक — मोरङको सुन्दरहरैँचामा ५ दिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि.को आयोजना तथा सुन्दरहरैँचा नगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त तालिम आइतबार सम्पन्न भएको हो ।
असार ५ गते देखि सुरु भएको उक्त तालिम वडा न. ४ को कार्यालय सभाहलमा चलेको थियो । प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि.को प्रमुख बिकल पौडेलको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता र सो वडा अध्यक्ष कैलाश बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।





















