काठमाडौं - सरकारले निजामती कर्मचारीको सरुवा स्थगित गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले अनिश्चित कालका लागि कर्मचारीको सरुवा स्थगित गरेका हुन्।
गत बिहीबार सचिव निरौलाले गरेको सचिव स्तरीय निर्णय आइतबार सार्वजनिक गर्दै मन्त्रालयले सरुवा स्थगन भएको जानकारी गराएको छ ।
‘नेपाल सरकार, सचिव बैठकको मिति २०८१ असार ६ गतेको निर्णयानुशार कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरिएको ब्यहोरा २०८१ असार सात गतेको निर्णयानुशार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयको सूचनामा भनिएको छ ।



















