विराटचोक,२७ भाद्र । मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीको परिवारलाइ युवासंघको टोलीले सहयोग गरेको छ । लामो समय देखि भएको लक डाउनको कारण परिवार पाल्न नसकेपछि आत्महत्या गरेका अशोक दर्जीको परिवारलाइ युवासंघ मोरंग र सुन्दरहरैचाका युवा अभियन्ताहरुले सहयोग गरेका हुन् ।

शुक्रबार अशोकको घरमा गएर युवासंघका जिल्ला संयोजक नबिन पौडेलको नेतृत्वमा गएको युवाहरुले सहयोग खादन्न सामाग्रि , २ बोरा चामल , चिउरा तेल नुन, मटर, सरफ साबुन, चिनि र नगद ५५०० सहयोग गरे युवासंघ मोरंग जिल्ला सदस्य प्रविन घिमिरेले बताए ।

माननिय राजकुमार ओझा वाडा अध्यक्ष राजेश थापा , परिबर्तन रास्टिय सन्जाल का अध्यक्ष जय प्रकाश रायमाझि , रास्टिय युबा सङ नेपाल मोरङ जिल्ला सदस्य प्रबिण घिमिरे , लगायत भ्रस्टचार बिरुद्द को युबा अभियानका टिमले अशोकको परिवारलाई थप सहयोग गर्ने सामुहिक प्रतिबद्दता जनाएका छन ।

अशोककि श्रीमती रोजगारको लागि दिल्ली गएको र लकडाउन कारण घर आउन नसकिरहेको हुदा उनलाई ल्याउन पहल गरिने १० नम्बरका वडा राजेश थापाले बताए । अशोकले भाद्र २४ गते आत्महत्या गरेका थिए ।

आत्महत्याको कारण यस्तो रहेछ

IMG_20200912_122945

अशोक दर्जीको दैनिकी दुःख सुख चलेकै थियो । मजदुरी गरेर ६ जनाको परिवार पालेका थिए । राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी श्रीमतीलाई दलालले दिल्ली पुर्‍याए । दिल्ली पुगेको केही दिनपछि लकडाउन सुरु भयो र श्रीमती दिल्लीमै अलपत्र छिन् । निर्माण क्षेत्रमा मजदुरी गर्ने अशोकले पनि काम पाएनन् । आम्दानीको बाटो बन्द भयो, परिवारमा भोकमरी नै लाग्ने स्थिति आयो ।

लकडाउन पाँच महिना संघर्ष गरेका उनले दुई छोरी र एक छोराको पेट पाल्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचे । त्यतिञ्जेल पनि काम पाएनन् । अशोकले मंगलबार आत्महत्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको बिचल्ली भएको छ । जेठी छोरीको भने विवाह भइसकेको छ । घरमा भने छातीमा राख्ने चामल पनि थिएन स्थानीय अगुवा कुमार मिजारले भने ‘सहयोग संकलन गरेर पोष्टमार्टम पछि दाहसंस्कार गरियो ।

उनका अनुसार दर्जी केही महिना अघिसम्म ठेला चलाउँथे । तर ठेला बेचेर निर्माण क्षेत्रमा मजदुरीको काम सुरु गरेका उनको काम लकडाउनले रोक्यो । अति विपन्न परिवार थियो, छोराछोरीले मागेर पनि गुजारा गर्नुपर्ने अवस्था आएको रहेछ कुमारले भने, घरको अवस्था हेर्दा भोकमारी सहन नसकेर बित्नुभयो जस्तो लाग्छ ।

दर्जीकी माइली छोरी अपाङ्ग छिन् । तीन छोरी र १३ वर्षीय छोरा बुबाको किरिया बसेका छन् ।विदेश जाने भन्दै दिल्ली गएकी आमा (अशोककी श्रीमती) उतै बेखर्ची हुनुहुन्छ कुमारले भने, परिवारको विजोग देखेर किरिया खर्चका लागि सहयोग संकलन गरेर उपलब्ध गराएका छौं, अन्य संघ संस्थाले पनि सहयोग गरे ।सुन्दरहरैचा नगरपालिका– १० का अध्यक्ष थापा आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने बताउँछन् ।