ओखलढुंगा - भारि बर्षाका साथै पहाडी भेगमा पहिरोको जोखिम पनि उच्च रहेको छ । ओखलढुंगामा अविरल वर्षाका कारण गएको पहिरोले घर, गोठ पुरिएको छ  भने एक जनाको मृत्यु भएको छ ।

चिशंखुगढी गाउँपालिकामा पहिरो खस्दा चिशंखुगढी गाउपालिका ५  स्थित थुम्की बस्ने वर्ष ३९ का  बाबुराम खत्रीको घर र गोठ पुरिएर हो  एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको शव घटनास्थलबाट उद्धार गरी कानुनी प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।