पथरी — मोरङको पथरीशनिश्चरेमा रहेको सामुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला प्रथम भएका छन । छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सरकारी विद्यालयहरुबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए।
सोही विद्यालयबाट करुणा राई र शौरभ धिमालले बराबरी ३.६५ अंक र नम्रता खतिवडाले ३.६२ जीपीए अंक ल्याएर उतिर्ण भएका छन् । उच्च जीपीए ल्याएका तथा पासभएका विद्यार्थीहरुलाई विद्यालयले बिहिबार नै बधाई तथा शुभकामना दिएको छ । उच्च जीपीए ल्याएका चारैजना विद्यार्थीहरुलाई कक्षा ११—१२ मा नि:शुल्क पढाउने घोषणा गरेको प्रअ बुढाथोकीले बताए । पथरीशनिश्चरे- १ मा अवस्थित पञ्चायत मावि प्रदेश सरकारबाट नमुना घोषित विद्यालय हो ।
त्यसैगरी पथरीशनिश्चरे- २ मा स्थापित रेडस्टार बोर्डिङ स्कुलमा अध्ययनरत छात्र अजय लिम्बू र सतिस अचार्यले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । त्यसैगरी पथरीको एभरेष्ट बोर्डिङ स्कुलकी कृतिका विष्टले ३.७८ जीपीए ल्याएर उतिर्ण भएको सञ्चालक रबिन कङ्दङ्बाले बताए ।
पथरीशनिश्चरे नगरबाट उच्च जीपीए ल्याएर उतिर्ण विद्यार्थीहरुलाई नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले समाजिक सञ्जालमार्फत बधाई शुभकामना दिएका छन् ।
पथरीशनिश्चरेमा सर्व प्रथम एभरेष्ट बोर्डिङ स्कुलबाट सलिना राईले ९० प्रतिशत अंक ल्याएर तत्कालीन एसएलसी पास गरेका थिए । पथरीशनिश्चरे नगरमा पछिल्लो समयमा उच्च जीपीए ल्याएर उतिर्णफहुने विद्यार्थीहरुको संंख्या वृद्धि हुँदै गएको छ ।


















