खोटाङ - खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक रहेका छन्। उनलाई खोटाङ जिल्ला प्रहरी कार्यालयको टोलीले शनिवार पक्राउ गरेको हो।
प्रहरीले विद्यालयमा एक जना विद्यार्थी पीडित रहेको भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनालाई पछ्याउँदै अनुसन्धान गर्ने क्रममा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बालिकासँग सोधपुछ गरेसँगै कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ। साथसाथै जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



















