काठमाडौं — नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सकिएको छ। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो ३ बजे सुरु भएको सचिवालय बैठक सकिएको हो।
नेपाली कांग्रेससँग सत्ता सहकार्यको समझदारी गरेलगत्तै एमालेले को सचिवालय बैठक बाेलाइएकाे थियाे।
सचिवालय बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय भएको सचिव भट्टराईले जानकारी गराए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो (सोमबार) मध्यराति सवा १२ बजे संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।



















