काठमाडौं —नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा सुरक्षार्थ खटिएको सुरक्षा समूहका प्रमुख तथा इन्सपेक्टर उमेश थापाको ज्यान गएको छ ।

४२ वर्षे सशस्त्र प्रहरी निरीक्षक थापा आज बिहान अचेत अवस्थामा भेटिएपछि अस्पताल पुर्याइएको थियो । 

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार थापालाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको ज्यान गएको हो ।

सूर्यविनायक नगरपालिका वडा–९ गुण्डुका स्थानीय थापाको दरबन्दी सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा थियो । अध्यक्ष ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा कार्यरत थिए ।

शव पोस्टमाटर्मका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालिएको जानकारी दिएको छ ।