काठमाडौं । नेपालमा नयाँ प्रजातिको चमेरो फेला परेको छ । पर्वत जिल्लाको कुस्मास्थित गुप्तेश्वर गुफा नजिकै बाँसघारीमा नयाँ प्रजातिको चमेरो फेला परेको हो । कालीगण्डकी कोरिडरको कुश्मादेखि जोमसोमसम्मको क्षेत्रमा पाइने चमेराको बारेमा अध्ययनका क्रममा म्याग्दी जिल्लाको मंगला गाउँपालिका अर्मनका बसन्त शर्माले ताइलोकपेरीस प्रजातिका चमेरा पत्ता लगाउनु भएको हो ।

रुफोडबाट ग्रण्डबाट पाएरपछि सन् २०१७–०१८ मा अनुसन्धान थालेका शर्माले रिपोर्ट शुक्रबार सार्वजनिक गर्नुभएको हो । यो प्रजातिको चमेरो बाँसमा बस्ने गर्दछ । त्यसैले यसलाई नेपालमा बासे चमेरा नाम पनि दिइएको छ । यस प्रजातिले किराफट्याङलालाई आहारा बनाउँछ । यो प्रजातिको चमेरा फेला परेसंगै नेपालमा चरा प्रजातिको संख्या ५४ भएको छ । यस अघि नेपालमा ५३ प्रजातिका चमेरा पाइने भनिएको थियो ।

उहाँको अनुसन्धानबाट कालीगण्डकी करिडोरमा १६ प्रजातिका चमेरा फेला परेको छन् । ताइलोकपेरीस प्रजातिका चमेरा, भारत, पाकिस्तान, भुटानमा भने पाइन्थ्यो तर नेपालमा भने यो पहिलो हो । विश्वमा करिव १२ सय प्रजातीका चमेरा पाइन्छन् । चमेरो गुफा, बाँस, अग्ला रुख, काठका प्वाल, घरगोठ लगायतमा बस्ने गर्छन् ।