भोजपुर — नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भोजपुरको अध्यक्षमा निशान राई चयन भएका छन।अनेरास्ववियु भोजपुर जिल्लाको २४औं जिल्ला अधिवेशन राईको नेतृत्वमा ३१ सदस्य कमिटी सर्वसम्मत चयन गरिएको हो।

कमिटीको उपाध्यक्षमा सन्तोष गिरी,सचिवमा सुवास नेपाल, उपसचिवमा खुलातर्फ विज्ञान श्रेष्ठ, महिलातर्फ कोपिला प्रधान, खुल्लातर्फ मनोज विश्वकर्मा र कोषाध्यक्षमा मेलिना राई निर्वाचित भएका छन्। 

Untitled-2 (7) 8नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई एमाले भोजपुरका सचिव एक्सन राई,अनेरास्ववियु केन्द्रीय सचिव मनोज ताम्ली,अनेरास्ववियु कोशी प्रदेश कमिटी अध्यक्ष जीबी गजल लगायतले बधाईसहित सफल कार्यकालको शुभकामना दिएका थिए ।