रुकुम । रुकुम पूर्वमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको भूमे गाउँपालिका–६ का २७ वर्षीय जीवन ओलीले गत शुक्रबार राति २५ वर्षीया श्रीमती अप्सरा ओलीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि उनले ६ वर्षीय छोरा आयुशलाई साथमै लगेर फरार भएका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रशाद पोखरेलका अनुसार एक अपरिचित व्यक्तिले घटनाबारे फोन गरेर जानकारी गराएका थिए । खबर लगत्तै प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थलमा प्रहरी खटाएको उनले बताए । घरभन्दा झण्डै तीनदेखि चार मिटर टाढा अप्सराको हत्या भएको डिएसपी भट्टराईले बताएका छन् ।
घरायसी विवादका क्रममा जीवनले अप्सरामाथि घाँटीमा खुकुरी प्रहार गरेको उनको अत्यधिक रक्तस्राव भएर निधन भएको पोखरेलले बताए । घटना पछि जीवन नाबालाक छोरालाई लिएर फरार रहेको र उनको खोजी कार्य जारी रहेको डिएसपी भट्टराईले बताए ।



















