इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा कांग्रेसबाट मन्त्री बन्ने तीन जनाको नाम टुंगो लागेको छ । कांग्रेसबाट अहिलेसम्म प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा देउवा मन्त्री बन्ने टुंगो लागेको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको छ । तर सिंहको भने मन्त्रालय टुंगो लागेको छैन ।
कांग्रेसको भागमा गृह मन्त्रालय रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, वन तथा वातावरण मन्त्रालय परेको छ ।



















