काठमाडाैं । कांग्रेसले टुंगो लगाएका ९ जना मन्त्रीमा गण्डकीका जीवन परियार नपरेको भन्दै नेताहरूले दौडधुप सुरु गरेका छन्।बाहिर सार्वजनिक भएका नाममध्ये कसलाई हटाउने भन्ने विषय पेचिलो बनेको भन्दै नेताहरू छलफलमा छन्।
‘जीवन परियारलाई मन्त्री बनाउन नेताहरू लाग्नु भएको छ, सायद अब सेक्रेट्ली काम हुन्छ होला,’ एक नेताले बताए ।महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहले चार जनाको नाम आइतबार सभापति शेरबहादुर देउवालाई बुझाएका थिए। देउवा र कोइरालाले आइतबार साँझ बसेर मन्त्रीको नाम टुंगो लगाएका थिए।
तर मन्त्री बन्नेको सूचीमा परियार नपरेको भन्दै नेताहरूले उनलाई समेट्न दौडधुप गरिरहेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ११ बजे शपथ लिएपछि मन्त्रीहरुको शपथ गर्ने तयारी छ। काङ्ग्रेस र एमालेबीच ९ र ८ मन्त्रालय लिने समझदारी बनेको छ।



















