सुनसरी - सप्तकोशी नदिले बगाउडा एकजना बेपत्ता। बेपत्ता हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका–३ की १८ वर्षिया मनिषा नेपाली रहेकी  छिन ।

आइतबार बेलुका बराहक्षेत्र– ६ को बोराबाधमा साथीहरूसंग घुम्न गएकी उनी सप्तकोशीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले बताउनुभयो ।

सप्तकोशी किनारमा घुम्न गएकी मनिषाको सप्तकोशीको किनारमा हात मुख धुने क्रममा नदिले बगाएर बेपत्ता भएको डिएसपी भण्डारीले जानकारी दिनुभयो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले खोजी कार्य जारी राखेको छ।