• ऋतुश्री राउत

विराटचोक - मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ मा अवस्थित परिवर्तनका लागि युवा नामक सामाजिक सँस्थाले स्थापना दिवस मनाएको छ। सँस्थाले अनाथ बालबालिकालाई शैक्षिक समाग्री बितरण गर्दै केक काटेर स्थापना दिवस मनाएको हो।  उक्त सस्थाले आज साउन २ गते सुन्दरहरैँचा- ९ स्थित  श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रममा रहेका १२ जना अनाथ बालबालिकालाई शैक्षिक समाग्री बितरण गरेको छ। वुधबार  बिहान मन्दिरको प्रांगणमा भएको कार्यक्रममा उनीहरुलाई कपि,कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्रीहरु बितरण गरीएको सँस्थाका अध्यक्ष एलिश ओझाले जानकारी दिए ।


451754318_1230477671612299_3510759821040580598_nसँस्थाका अध्यक्ष एलिश ओझाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन सँस्थाका सचिव नबराज दाहालले गरेका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथि इन्द्रपुर जेसिजका पुर्व अध्यक्ष कृष्णबाबु ढकाल रहेका थिए भने प्रणामी मन्दिर संरक्षण समितिका सदश्य मात्रिका ढकाल, सचिव युबराज पौडेल, सुकुना बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापती बद्रि अर्याल लगायत धार्मिक गुरुहरुको पनि आतिथ्यता रहेको थियो। 

451628669_1021990813262100_8565468703774631321_nस्थापनाका सुरुवाती दिनदेखि नै सामाजिक कार्य गर्दै आएको उक्त सँस्थाले छोटो समयमा नै विविध कार्यक्रमहरु गर्दै आएको छ।