इटहरी । अहिले (बुधबार साँझ) देशभर साधारणतया बदली (आकाशमा बादल) रही कोसी, बागमती र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै राति कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी  वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ।