काठमाडौँ —  न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद हुँदा स्थानीयले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पुत्ला दहन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि डोजर चलाउन खोज्दा आज बिहानैदेखि स्थानीयले विरोध गरेका थिए ।

डोजरमाथि नै चढेर स्थानीयले विरोध गरेपछि न्यूरोड क्षेत्र पुनः तनावग्रस्त बनेको थियो ।

यसैबीच अहिले साँझ न्यूरोड आसपासका स्थानीयले विरोध स्वरुप सो क्षेत्रमा मेयर साहको पुत्दा दहन गरेका छन् ।

बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् ।