काठमाण्डौं — यातायात व्यवसायी महासंघ र तीनवटा यातायात मजदुर संगठनहरुले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेट गरेकोछ । 

विहिबार सिंहदरबारस्थित कार्यालयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका नेतृत्व टोलीले भेट गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेको नवौँदिन मन्त्रीहरुलाई भेटेर वर्तमान यातायात क्षेत्रको बारेमा अवगत गराईएको हो ।  यसअघि चारवटै संस्थाको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई समेत भेट गरिसकेकोछ । 

WhatsApp Image 2024-07-23 at 20.19.45_cf964411भर्खरैमात्र सरकार गठन भएकाले तत्काल विषयबोध गराउनेगरी भेटघाट र बधाई दिइएको मजदुर नेता भीमज्वाला राईले बताउनुभयो । केही समयभीत्रै यातायात क्षेत्रमा लगानीको सुरक्षा, श्रमिकहरुको सामाजिक सुरक्षा सहित भविष्यको सुनिश्चितता, यात्रुहरुको सुरक्षित, भरपर्दो र गुनस्तरिय सेवाका बारेमा लिखित सुझाव प्रस्तुत गर्ने गरी विहिबार संक्षिप्त भेटघाट गरिएको राईले बताउनुभयो । 

टोलीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी लगायतका व्यवसायी मजदुर प्रतिनिधिहरु सहभागी रहनुभएको थियो ।

WhatsApp Image 2024-07-23 at 20.19.45_55aa9e17