सिन्धुपाल्चोक – नेपाल र चीन बीचका व्यापारिक सिमानाकाहरु मध्ये काठमाण्डौ–कोदारी अर्थात तातोपानी नाका सबैभन्दा छोटो नाका हो । चीनको खासा बजारसँग जोडिएको तातोपानी पुग्न काठमाण्डौबाट १ सय १५ किलोमिटर दुरी मात्रै रहेको छ । अझ ड्राइपोर्ट सम्मको दुरीलाई मान्ने हो भने त १ सय ८ किलोमिटर मात्रै हो । 

करिव ८ सय ट्रक कन्टेनरहरुले चीनको खासाबाट तातोपानी हुँदै यही बाटो भएर वर्षौदेखि मालसामान आयात गरिरहेकाछन् । २०७२ सालको भूकम्पपछि खासा र तातोपानी क्षेत्रमा क्षति पुगेपछि लामो समय यो नाका बन्द भएपछि पुन सञ्चालनमा आएकोछ । हाल करिव ४ सय मात्रै ट्रक कन्टेनरहरुले मालसामान आयात गरिरहेकोछ । 

भौगोलिक रुपमा बाटो छोटो भएपनि सडकहरु जिर्ण भएकाले माल सामान आयात सहज छैन । सिन्धुपाल्चोकको डाक्लाङ पहिरोलाई छिचोलेर बनाइएको अस्थायी बाटो यातायात मजदुरका लागि सबैभन्दा पीडादायीछ । माथि पहाड र तल भोटेकोशीको मध्येभागमा रहेको सडकलाई पहिरोले उजाड पाखाबाट आएको पानीलाई तर्काएर बनाइएको बाटोबाट ट्रक कन्टेनर हिड्नु पर्छ । चिप्लो भिरालो र गेग्य्रानमा बनाइएको सडकबाट ट्रक कन्टेनर उक्लन नसकेपछि टुचन लगाएर अको ट्रक कन्टेनरले तानेर पार गर्नुपर्ने अवस्था छ । 

साँघुरो बाटो गहिरोबाट माथी उक्लन पावर लाएर हुँइकिएर उकालो चढ्नखोज्दा ट्रक कन्टेनर अनियन्त्रीत भइ भोटे कोशीमा खस्ने त्रासकाबीच चालकहरुले सेवा दिनु परिरहेकोछ । सोही क्रममा साउन २५ गते साँझ ६ बजे ना ३ ख ७६०४ नम्बरको ट्रक कन्टेनर पल्टिऐकोछ । दुर्घटनामा चालक डुकछिरिङ तामाङ र उनका छोरा ग्याल्जेन तामाङ सामान्य घाइते भएकाछन् । त्यस्ता जोखिमयुक्त सडकको तत्काल स्तरोन्नती नगर्ने हो भने यस्ता दुर्घटनाहरु निम्तिने जोखिमछ । 

सोही सडक अन्तर्गत सिन्धुपाल्चोकको खाक्दोल र काभ्रेपलान्चोकको खावा लगायतका स्थानहरुमा सडकको अवस्था अत्यन्त जिर्णछ । त्यसमध्ये सबैभन्दा खराब सडक बाह्रविसेदेखि तातोपानी ड्राईपोर्टसम्मको २३ किलोमिटर सडक अत्यन्त खराब रहेकोछ । 

Untitled-5 (7)चालकहरुको गुनासो:

तातोपानी रुटमा १८ वर्षदेखि निरन्तर ट्रक कन्टेनर चलाइरहेका ना ३ ख ६३५ नम्बर कन्टेनरका चालक कार्साङ शेर्पा सिन्धुपाल्चोक लिस्तीका हुन् । उनि भन्छन् बाटो सम्झिँदा पेशा नै छोड्न मन लाग्ने गरेको बताउँछन् । सडक राम्रो छैन, मर्मत हुँदैन, निर्माण पनि हुँदैन कहिलेकाँही जेसिबिले बनाउँछ केही समयपछि फेरी उस्तै हुन्छ हामी त हैरान भैसक्यौँ । 

महिनामा ४ ट्रिप पनि गर्न पाइदैन घर कसरी चलाउने ट्रिपको ५ हजार पाइन्छ, तलव छैन, खोराकी छैन परिवार कसी पाल्ने रु प्रश्न गरे ।

त्यस्तै बाह्रविसे नगरपालिका वडा नम्बर ३ का स्थायीवासी ना ५ ख ५९५७ नम्बर कन्टेनरका चालक गोविन्द श्रेष्ठ २४ वर्षदेखि चालक पेसामा छन् र कन्टेनर नै चलाइरहेकाछन् । उनि भन्छन् यो सडकमा व्यवसायी मजदुर कोही पनि बाँच्न सक्ने अवस्थामा नभएको बताउछन् । उनि भन्छन् सडकका कारण १ सय ८ किलोमिटर दुरीमा रहेको काठमाण्डौं पुग्न ७ घण्ट लाग्ने गरेको त्यसबापत सामान ढुवानी भाडा ३५ हजार मात्रै रहेको, भन्सारमा पार्किङ शूल्क दैनिक ५ सय ७० बुझाउनु पर्ने, भाडाको २ दशमलव ५ प्रतिशत टिडिएस कर काट्नु परेको, हप्तौ डिटेन्सन हुने गरेको जसका कारण चालकहरुले तलव नपाएको, सामाजिक सुरक्षाको प्रत्यभूति नभएको ५ हजार भन्दा बढी भत्ता नपाएको प्राय सबै कन्टेनरहरुमा हेल्फर नभेटिएको श्रेष्ठले बताए ।

त्यस्तै ना ३ ख ६९८५ का चालक नरेन्द्र श्रेष्ठले सडकको यस्तो अवस्था हुँदा पनि तातोपानी भन्सार, सडक विभाग, जिल्लास्थित सरोकारवालाहरुको ध्यान नपुगेकोमा आक्रोशित बनेकोछन् । उनि भन्छन् हामी सुन्छौ तातोपानी भन्सारले राजश्व लक्ष्यमा अब्बल भएको सुन्न पढ्न पाएको भएपनि सडक निर्माण तथा मर्मत गर्ने काममा कसैले चासो नदेखाएको दुख व्यक्त गरेकाछन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाई कमिटीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ र सचिव पूरुषोतम हुँमागाँई सहितको टोली उक्त सडकको अनुगमन र श्रमिकहरुको अवस्था बुझ्न शुक्रबार तातोपानी पुगेका थिए । सोही क्रममा अध्यक्ष राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका सचिवालय गोपाल झापालीलाई डाक्लाङ लगायतका सडकहरुको अवस्था र चालकहरुको दुःखका बारेमा जानकारी गराएपछि तत्काल सडक विभागका महानिर्देशक रामहरी पोख्रेल मार्फत तत्काल जेसिबि परिचालन गरि बाटो सम्याउने काम गरिएको थियो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाई कमिटीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले उक्त बाटो तत्काल बनाउन ध्यानाकर्षण गराए । उनलेभने यस्तो जोखिमयुक्त सडकमा हाम्रा चालकहरुले ज्यानको बाजी थापेर देशको सेवा गर्नु परिरहेकोछ यो बाटो निर्माण र मर्मत नगर्ने हो भने आउँदै गरेको चाडपर्वहरुमा सेवा गर्न असमर्थ हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।