- करण चौहान
विराटचोक— नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैँचा नगर कमिटीले बृक्षा रोपण कार्यक्रम गरेको छ । संघले शुक्रबार सुन्दरहरैँचा- ९ स्थित जुडी प्राविको प्रांगणमा वृक्षारोपण कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा एक सय भन्दा बढी विभिन्न प्रजातीको विरुवाहरु रोपिएको राष्ट्रिय युवा संघ सुन्दरहरैँचा नगर कमिटीका अध्यक्ष भविन पाण्डेले जानकारी दिए । युवा संघको ‘ एक युवा, पाँच बिरुवा’ अभियानअन्तर्गत ‘संरक्षण प्रकृतिको,सुरक्षा सन्ततिको’ भन्ने मुल नाराका साथ सुन्दरहरैँचा लगायत मोरङको सबै पालिकाहरुमा बृक्षा रोपण कार्यक्रम गरिएको युवा संघ मोरङका अध्यक्ष प्रविण घिमिरेले बताए ।
उक्त बृक्षा रोपण कार्यक्रम कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाई, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मनोज राई,नेकपा एमाले मोरङका सचिव रविन थापा,युवा संघका नेताहरु,सुकुना क्याम्पसका विद्यार्थी नेताहरु लगायत एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।





















