काठमाडौं — वाग्मती प्रदेशको महान्यायाधिवक्ता शुकदेव काफ्ले नियुक्त भएका छन । दोलखाको तामाकोसी गाउँपालिका–३ का काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य महान्यायाधिवक्ता नियुक्त गरेका हुन्  ।

नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।  

काफ्लेले यसअघि पूर्वकानुन तथा न्याय मन्त्री स्वर्गीय भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाज कल्याण मन्त्री लीला कोइरालाको सल्लाहकार भइसकेका छन  ।