धनकुटा —धनकुटामा विभिन्न पार्टी परित्याग गरी सयौको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एमाले धनकुटा  जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक तथा बृहत पार्टी  प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी धनकुटाका निवर्तमान जिल्ला अध्यक्ष तथा राष्ट्रिय भूमि आयोग धनकुटाका अध्यक्ष बलबहादुर राईको नेतृत्वमा उनीहरु प्रवेश गरेका हुन् । 

त्यसैगरी  पार्टी  प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धर्मकुमार राई, जसपा साँगुरीगढी गाउँपालिका अध्यक्ष लिलाराज लावती, नेकपा (एकीकृत समाजवादी) का दिपेश राई, डा. गोपालबहादुर भट्टराई लगायत रहेका छन् । 

उनीहरूलाई उपाध्यक्ष बराल, स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज राई, धनकुटा इन्चार्ज राजेन्द्रकुमार राई, पूर्व सांसद बिनादेवी राई, टिकाराम चेम्जोङ, गोपाल गुरागाई, निरेन राई, इन्द्रमणि पराजुली लगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

Screenshot (66)पार्टी आमुल परिवर्तनका लागि अघि बढिरहेको छ : उपाध्यक्ष बराल

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालले पार्टी आमुल परिवर्तनका लागि अघि बढिरहेको बताएका छन् । उनले एमाले सुधारवादी नभई सुधारको कामले रूपान्तरण गर्ने पार्टी भएको बरालले बताए । 'पार्टी सुधारवादमा नभई आमूल परिवर्तनमा लागिपर्छ' बरालले भने । समग्र नेपाली जनताको आर्थिक, सामाजिक समृद्धिका लागि पार्टीले काम गरिरहेको दाबी उनले गरे ।

देशमा राष्ट्रिय पूँजीको विकास गरी समग्र अर्थतन्त्रलाई सामाजिक न्यायको आधारमा रुपान्तरण गर्ने उनको भनाई थियो। देशमा पुँजीपति दलालको रक्षाका लागि दलालहरू लागिपरेको भन्दै बरालले आफूहरू राष्ट्रिय पूँजी विकासको लागि लड्ने बताए ।

मुलुक आर्थिक रूपले सङ्कटमा फसेको अवस्थामा आफ्नो पार्टीले नै निकास दिलाउने बताउँदै उनले अब मुलुक हाँक्न एमालेको विकल्प नभएको दाबी गरे । समाज परिवर्तनका लागि स्वच्छ राजनीति आवश्यकता पर्ने भएकाले राजनीतिसँग जनताको असन्तुष्टि नभएपनि भ्रष्टाचार, अनियमितता, व्यभिचार र ढिलासुस्ती आदिसँग असन्तुष्टि रहेको नेता बरालले बताए ।

455750065_1039723444192092_8225068400910217285_nकार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले एमालेको राष्ट्रिय सङ्कल्प र मिसन ८४ पूरा गर्ने यात्रा कोशी प्रदेशको धनकुटा जिल्लाबाट सुरु भएको बताए ।

यो यात्राले देशभर उत्साह ल्याउने बताउँदै उनले राष्ट्रिय संकल्प र मिसन ८४ पूरा गर्न जिल्ला, पालिका र टोल हुँदै घरघरमा पुग्ने योजना बनाएर अघि बढ्‌नुपर्ने उल्लेख गरे। मुलुकको अग्रगमनका लागि एमाले र का‌ङ्ग्रेस मिलेर सरकार बनाएको भन्दै राईले २०८४ पछि एमाले एक्लैले सरकार चलाउन सक्ने हैसियत बनाउने दाबी गरे ।