विराटचाेक — माेरङकाे सुन्दरहरैँचामा मोरङ जिल्ला स्तरिय लाखेनाच प्रतियोगितामा सम्पन्न भएको छ । इन्द्रपुर नेवा: पुच: तथा लाखे जात्रा साँस्कृतिक परिवारको आयाेजनामा  बुधबार भएको प्रतियोगितामा नेवा: देय दबु केराबारी प्रथम भएको छ । प्रतियोगितामा नेवा: न्हँ पुच: नगर समिति उर्लाबारी दाेस्राे,रानी नेवा समुदाय रानी तेस्रो भएको छ । यसैगरी सान्त्वना नेवा: देय दबु लेटङ, साक्य बुद्ध समाज उर्लाबारी भएको छ । 

प्रतियोगिताकाे निर्णायक दिपेन्द्र विराज वज्राचार्य र समीर आचार्जुले गरेका थिए । जिल्ला स्तरीय प्रतियोगितामा १५ वटा टिमकाे सहभागीता रहेको थियो । प्रतियोगितामा बिजयी हुने समूहलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँको हातबाट पुरस्कार वितरण गरिएको थियो । 

1000032178-1024x768 (2)प्रतियोगितामा प्रथम, दाेस्राे,तेस्रो  र सान्त्वना हुने टिमलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र २ हजार ५ सय रूपैयाँ सहित ट्रफि प्रमाणपत्र प्रदान गरिएको आयाेजक संस्थाका अध्यक्ष थर्कमान श्रेष्ठले जानकारी दिए ।

नेवारी समुदायकाे पर्व समेत रहेकाले  भाषा कला र संस्कृतिकाे जगेर्ना गर्न भावि पुस्तासम्म पुर्याउने उदेश्यले प्रतियाेगिता आयाेजना गरिएको आयाेजकले जनाएको छ । प्रतियोगिता सुन्दरहरैँचा-९ मा रहेको जेसिज भवनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस - ब्राइट फ्युचरले गर्यो ‘भ्वाइस किड्स’की फिनालिष्ट समिक्षालाई सम्मान

 प्रतियोगिता सन्चाल हुनु अघि जिल्ला भरीका सम्पूर्ण सहभागी टिमहरुले र्यालि समेत निकालेर विराटचोक बजार आसपास परिक्रमा गरेका थिए ।

 र्यालिमा सहभागीलाई सुन्दरहरैँचा उद्योग वाणिज्य संघ,  इन्द्रपुर जेसीज, इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति,  लायन्स क्लब अफ बिराटचोक सिटि, लायन्स क्लब अफ खोर्साने, लायन्स क्लब अफ इन्द्रपुर, पाथिभरा स्वतन्त्र महिला समाज लगायतले संयुक्त रुपमा खानेपानी र फलफुल वितरण गरेको थियो । 

20240821_162137-1210x642 (1)